आगामी निर्वाचनमा सात अर्ब रुपैयाँ खर्चको अनुमान
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब रुपैयाँ खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । अनुमातित बजेट अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेले आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको र अन्तिम टुंगो लाग्न बाँकी छ ।
यसै गरी आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गरिरहेको र छठ पर्व सकिएलगत्तै आवश्यक सामग्री किन्न सुरू गर्नुपर्ने बताइएको छ ।
आयोगले निर्वाचनका लागि यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी थप आवश्यक सामग्री खरिद र केही रकम आकस्मिक व्यवस्थापन शीर्षकमा राख्न खोजेको छ ।
हेलिकप्टरबाट कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्नुपर्ने अवस्थालाई ख्याल गरेर आयोगले आकस्मिक व्यवस्थापन शीर्षकमा बजेट राख्न खोजेको हो।
यसै गरी निर्वाचन आयोगले विगतमा जस्तै एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको छ । सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुनेछ ।
एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगको भनाइ रहेको छ। मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ।





प्रतिक्रिया राख्नुहोस्