राजनीति
खगेन्द्र र बब्लु मन्त्री बन्ने भएपछि ज्ञानेन्द्र खुसी
अन्तरिम मन्त्रिपरिषद्मा अभियन्ता खगेन्द्र सुनार र बब्लु गुप्तालाई समावेश गरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले खुसी व्यक्त गर्नुभएको छ ।
शाहीले आइतबार सामाजिक सञ्जालमार्फत आफ्ना मित्र खगेन्द्र र बब्ल मन्त्री बन्न लागेकामा खुसी व्यक्त गर्दै दुवै जनालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
शाहीले लेख्नुभएको छ, “आज बन्न लागेको मन्त्रिपरिषदमा मित्र खगेन्द्र सुनार र बब्लु गुप्तालाई देख्न पाउँदा अत्यन्त खुसी भएको छु, हार्दिक बधाई तथा शुभकामना !”





प्रतिक्रिया राख्नुहोस्