कर्पोरेट/पर्यटन
आजदेखि थाई एशियाको भैरहवा-बैंकक उडान सुरु
थाई एशिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आजदेखि पुनः सुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ ।
आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ः०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो । उहाँका अनुसार एयरलाइनले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ ।





प्रतिक्रिया राख्नुहोस्