राजनीति

सत्तारुढ नेकपाले यस वर्ष चियापान आयोजना नगर्ने

हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दैआएका राजनीतिक दलहरुले यसपटक कोरोना संक्रमणका कारण सो कार्यक्रम आयोजना नगर्ने घोषणा गरेका छन् । यसै क्रममा सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभएको हो ।

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दैआएको चियापान कार्यक्रम नगर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.