अर्थ
आज पनि घट्यो सुनको मूल्य, प्रतितोला दुई लाख ३९ हजार नौसय
तिहार अघिसम्म आकाश छोएको सुनको मूल्य यो साताको दुई दिन लगातार घटेको छ । नेपाली बजारमा आइतबार प्रतितोला ११ हजार घटेको सुन आज सोमबार दुई हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर रू दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला रू दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्