कला/मनोरन्जनकलिउड

लोक गायक तथा रेडियोकर्मी निर्मोहीलाई आर्थिक सहयोग

चर्चित लोकगायक तथा रेडियोकर्मी कमल बिके निर्मोहीको उपचारका लागि बास नेपालद्वारा नेपालगन्जले आर्थिक सहयोग प्रदान गरेको छ ।

दुबै मृगौला फेल भएर थला पर्नु भएका निर्मोहीलाई उपचार सहयोगार्थ एक लाख ७१ हजार २ सय ११ रुपियाँ सहयोग हस्तान्तरण गरिएको हो।

बास नेपालद्वारा गायक निर्मोहीको उपचार सहयोगार्थ नेपालगन्जमा कात्तिक चार गते आयोजना गरिएको सांस्कृतिक कार्यक्रममार्फत सङ्कलन भएको एक लाख ६ हजार २ सय ११ रुपियाँ र वरिष्ठ लोकगीत सर्जन, वाद्यवादन र रङ्गमञ्च त्रिरत्न प्रेमदेव गिरीले सुर्खेतबाट सङ्कलन गरेर ल्याएको ६५ हजार रुपियाँ आइतवार उहाँको निवासमा पुगेर हस्तान्तरण गरिएको हो ।

सहयोग रकमको चेक बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतले निर्मोहीकी धर्मपत्नी हेरम देवी बिकेलाई हस्तान्तरण गर्नुभयो ।

चेक हस्तान्तरण पश्चात बोल्दै वरिष्ठ कलाकार निर्मोहीकी धर्मपत्नी बिकले बास नेपालले कार्यक्रम आयोजना गरी जुटाएको सहयोग पश्चात ठुलो आशा पलाएको बताउनुभयो । उहाँले सहयोग गर्ने र अगुवाइ गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गर्नुभयो ।

सो क्रममा बोल्दै वरिष्ठ कलाकार कमल बिके निर्मोही उपचार सहयोग समितिका सदस्य तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सबैलाई अभियानमा सहभागी भई बढी भन्दा बढी सहयोग गर्न अपिल गर्दै निर्मोहीको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

सो अवसरमा बास नेपालका कार्यकारी निर्देशक एवम् वरिष्ठ कलाकार कमल बिके निर्मोही उपचार सहयोग समितिका संयोजक नमस्कार शाहले कार्यक्रम र सङ्कलित रकमको बारेमा जानकारी गराउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग समितिका सदस्यहरू नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापा मगर, वरिष्ठ कलाकार सुन्दर गुरुङ, जितबहादुर थापा, सञ्चारकर्मी शुक्रऋषि चौलागाईं, बास नेपालका केन्द्रीय सदस्य बसन्ती रोकाया लगायत कलाकारहरूको सहभागिता रहेको थियो ।

सोही प्रकारले आइतबारनै लोकगीत सर्जन, वाद्यवादन र रङ्गमञ्च त्रिरत्न प्रेमदेव गिरीले सुर्खेतबाट नेपालगन्ज आएर निर्मोहीलाई ६५ हजार रुपियाँ सहयोग प्रदान गर्नुभयो । उहाँले देशका गहना कलाकारहरूलाई जोगाउन हरेक संभव प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कोहलपुर र बर्दियाका साहित्यकार तथा कलाकारहरूले पनि करिब ६० हजार रुपियाँ सङ्कलन गरेर निर्मोहीलाई हस्तान्तरण गरिसक्नु भएको छ ।

सहयोगका पर्खाइमा कलाकार निर्मोही

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.