राजनीति

छठ पर्वले राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गर्न प्रेरित गरोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छठ पर्वको शुभकामना व्यक्त गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको हो ।

कार्यवाहक सभापति अर्यालले छठ पर्वका अवसरमा नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै यस पर्वबाट प्राप्त प्रेरणाले सामाजिक एकताको सूत्रलाई बलियो बनाई राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गर्न सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज छठ पर्वका अवसरमा आज जारी शुभकामना सन्देशमार्फत उहाँले छठले आत्मशुद्धि, त्याग र समर्पणमा प्रेरित तथा सामूहिक सद्भाव तथा एकताको सन्देश प्रवाह गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

“छठ पर्व मनाउने क्षेत्र र समुदायको विस्तारले सांस्कृतिक आदान–प्रदान र हार्दिकता अभिवृद्धिमा योगदान गर्दा विविधताबीचको एकतालाई झनै कसिलो बनाउँदै ल्याएको छ ।”

अर्यालले भन्नुभएको छ, “प्रकृति, जीवन र ऊर्जाको स्रोत सूर्यको आराधना गरिने लोक आस्थाको पर्व छठले नेपाली समाजको गहिरो धार्मिक सांस्कृतिक महत्व र पहिचानलाई जीवन्त राख्दै आएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.