अर्थ

खुलेको दुई दिनमै बन्द भएको तातोपनी भन्सार नाका आजबाट सुचारु हुने

तातोपानी नाका

खुलेको दुई दिनमै कर्मचारीमा कोरोना संक्रमण भएपछि बन्द भएको तातोपानी भन्सार नाका आज (बुधबार)देखि खुल्ने भएको छ । कोरोना महामारीका कारण बन्द रहेको नाका गत असोज १९ गते खुलेलगत्तै ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो ।

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार तिब्बतको वाणिज्य विभागले सोमबार नाका खुल्ने तयारीबारे जानकारी दिएको हो । वाणिज्य विभागका अधिकारीले सीमा नजिकै बुधबार बैठक बस्ने, संभवतः कोरोना प्रतिरोधका लागि नेपालतर्फ निर्मित संरचना निरीक्षण गर्ने, तातोपानी पुलदेखि नेपालतर्फको गेटसम्म बारेर सामान नेपाली भूभागमा छोड्ने गरी नाका खोल्ने प्रक्रिया अघि बढ्नसक्ने बताएको रुम्दालीले बताउनुभएको छ ।

अब नेपाल र चीनबीच तातोपानी पुलदेखि नेपाली भन्सारसम्मको गेटसम्म सिल गरेर स्वास्थ्य प्रोटोकल अपनाइने भएपछि नाका खुल्ने तयारी भएको चिनियाँ अधिकारीले बताएका छन् । बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालका अनुसार केरुङबाट नाकाबाट दैनिक ५ वटा चिनियाँ ट्रकबाट सामानहरू नाकामा पुग्ने गरेकोमा अब तातोपानी नाकाबाट पनि दैनिक ५ वटा ट्रकमा ३० टनका दरले सामानहरू चिनियाँ ट्रकले नेपाली भूभागमा छोडिदिनेछन् ।

चीनको परराष्ट्र मन्त्रालयले बेइजिङस्थित नेपाली दूतावासलाई नाका खुल्नेबारे जानकारी गराएको बताउँदै लम्सालले कान्तिपुरसँग भने, ‘नाका खुलाउने तदारुकता देखाउनु नै चीनको असल मित्रताको उदाहरण हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.