राजनीति

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण स्थगन भएको छ ।

नेकपा केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ ।

आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.