समाचार

प्रधानमन्त्री केपी तिमी कहाँ छौ ?

उत्तम पुडासैनी

सरकारले कोरोना संक्रमितको उपचार र परीक्षण नगर्ने घोषणा गरेलगत्तै यसको व्यापक बिरोध भएपछि दशैंका अवसरमा देशबासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरीब भएको प्रमाण पेश गरे सरकारले उपचार गर्ने बताए पनि काठमाडौंका केही अस्पतालहरुमा देखिएका दृश्यले अलिकति मानवता हुने जो कोहीको मन दुखेको छ ।

यस्तै दृश्य मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनीले देखेपछि आफ्नो फेसबुक पेजमा यसको जानकारी दिंदै प्रधानमन्त्री ओलीको खोजी गर्नुभएको छ ।

पुडासैनीले लेख्नुभएको छ-

आज कोरोना पि.सि.आर. गर्ने क्रममा केही यस्ता दृश्य देखिए, जस्ले मेरो शिर झुक्यो । एकजना सुत्केरी महिलासंग परिक्षणगर्ने पैसा थिएन । सरकारले स्वघोषणा गर्नेलाई निशुल्क परिक्षणको ब्यवस्था मिलाउने ऐलान गर्दैगर्दा कहाँ र कोसंग भिख माग्ने हो ? त्यसको जानकारी पाए हुन्थ्यो । कि सिंहदरबार अगाडि गएर लम्पासार पर्नुपर्ने हो र ? टेलिभिजन अगाडि आएर बिना शरम निशुल्क परिक्षणको घोषणा गर्ने प्रधानमन्त्री के.पी. तिमी कहाँ छौ ?
तीन तहका सरकारको अर्थ र परिभाषा के हो ? कोरोनाको त्राहीमाम बढ्दैगर्दा निमुखा र गरिब जनता ऋण काढेरै भएपनि पि.सि.आर. टेष्टगर्न बाध्य छन । संबिधानले दिएको अत्याबश्यक स्वास्थ्य सेवा निशुल्क पाउनुपर्ने अधिकार कस्का लागि हो ? जनताको कोरोना परिक्षण निशुल्क गराउनु भन्ने सर्बोच्चको निर्देशन के का लागि हो ? के सरकारहरुले देशको मुल कानून संबिधान मान्नु नपर्ने हो ? सरकारले सर्बोच्चको आदेश लत्याउँदा मानहानीको मुद्दा लाग्दैन ?

जब सरकार नै जनताको स्वास्थ्यलाई ब्यापारको अवसरका रुपमा लिन्छ भने सामान्य जनताको जिबन रक्षाको अधिकार कहाँ बाँकी रह्यो र ? मेरो देशमा पनि सरकार छ अनि मेरो देशको सरकारले जनताको स्वास्थ्यको अधिकारको रक्षा गरेको छ भनेर भन्न सक्ने अवस्था छैन । सरकारको यो रबैयाले मेरो शिर झुकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.