जल/वातावरण

बुधबार थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढी

बुधबार नेपालमा कोरोना भाइरसका संक्रमित थपिनेभन्दा निको भएर घर फर्कनेको संख्या बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा एक हजार ९ सय ५४ जना सङ्क्रमित थपिएका छन् भने २ हजार ९ सय ८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयको कोभिड–१९ सम्बन्धी दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा आठ हजार २ सय ४८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९ सय ५४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६२ हजार ३५४ पुगेको छ । हाल ३९ ह्जार ६४३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ भने हालसम्म एक लाख २१ हजार ८२४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.