जन सरोकार
रवी र निकितालाई कोरोना संक्रमण : स्वास्थ्य अवस्था सामान्य
न्यूज २४ टेलिभिजनमा “सिधा कुरा जनतासँग” कार्यक्रमका प्रस्तोता रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना भाइरस संक्रमण भएएको छ । लामिछानेले आफूहरुलाई कोरोना संक्रमण भएको फेसबुकबाट जानकारी दिएका हुन् ।
लामिछानेले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पिसिआर परीक्षण गर्दा म र निकिता दुबैमा कोरोना पोजेटिभ देखिएको छ र आफूहरूको स्वास्थ्य सामान्य रहेको उल्लेख गरेका छन् ।
लामिछानेले लेखेका छन् ‘हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । ‘घरमा हामी दुई मात्र छौ । त्यसैले धेरै समस्या छैन । तर घरमा बृद्ध अवस्थाका सदस्यहरु हुनेले बिल्कुल लापरबाही नगरौं ।’