जापान

नयाँ नेपाली लघु चलचित्र "लाशको आश" रिलिज हुँदै (भिडियो लिंकसहित)

जापानवासी नेपालीहरुको जीवनरक्षाको उद्देश्यसहित एनआईटिभी मिडियाद्वारा संचालित भिजन नेपाल एचडीमा बिहिबार जापानी समय अनुसार साँझ ८ बजे लघु नेपाली चलचित्र “लाशको आश” रिलिज हुने भएको छ ।

जापानमा रहेका नेपालीहरुका स्वास्थ्य र जीवन बीमाप्रति जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको यो चलचित्र जापानवासी नेपालीहरुको सक्रियतामा हालै खुलेको बीमा कम्पनी मिराई लाइफले प्रायोजन गरेको हो ।

जापानवासी नेपालीहरुको स्वास्थ्य बीमाका लागि एनआरएनए जापानसंग सम्झौता गरिसकेको मिराईको प्रायोजनामा बनेको यो चलचित्रलाई एनआरएनए जापान, जापानस्थित नेपाली दूतावास, न्यूआईटी भेन्चर कर्पोरेशन तथा जापानमा रहेका नेपालीहरुको विभिन्न संघसंस्थाहरुका सहयोग रहेको छ ।

जापानको स्वास्थ्य तथा जीवन बीमा गर्ने नेपालीहरुद्धारा सेवा सुरु गरिएको जापानको बीमा कार्यक्रम मिराई लाईफ बारे जानकारी लिनका सम्पर्क राख्नुहोस। साथै अनलाईनबाट बीमा गर्न चाहनेहरुका लागि निम्न लिकं मार्फत बीमामा सहभागि हुन सक्नु हुनेछ। विस्तृत जानकारीका लागि 080-4156-3715 मा सम्पर्क राख्नु होला।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.