राजनीति

बार परिसरमा कानुन व्यवसायीहरुबीच कुटाकुट

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन गर्ने तयारी गरिरहेको नेपाल बार एशोसिएसन परिसरमा शुक्रबार दुई कानूनी व्यवसायीबीच कुटाकुट भएको छ ।

भित्र बारका पदाधिकारीहरु प्रधान न्यायाधीश राणाबिरुद्ध आन्दोलनको तयारी बैठक गरिरहेका बेला परिसरमा न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

समाचार अनुसार कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । अधिवक्ता चुडालले इजलास नबस्दा चल्न गाह्रो भयो, सबै वकिल धनी छैनन् प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै बोलिरहेका बेला न्यौपानेले गएर उहाँलाई दुर्व्यवहार गरेपछि कुटाकुट भएको थियो ।

चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताउनुभएको छ । उता न्यौपानेले चाहिं सामान्य विवाद भएको र भन्दै कुरा मिलिसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.