कला/मनोरन्जन

कन्नड सिनेस्टार पुनीत राजकुमारको निधन

दक्षिण भारतीय सिनेमाका चर्चित कलाकार पुतिन राजकुमारको असामयिक निधन भएको छ । दक्षिण भारतीय दर्शकमाझ अप्पु उपमानले चर्चित राजकुमारको आज विहान अकस्मान निधन भएको हो ।

सन् १९७५ मार्च १७ मा भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए । तर अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको हो ।

सफल कलाकार राजकुमारका छोरा पुनितले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । राष्ट्रिय अवार्ड समेत पाइसकेका पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.