हिमपातपछिको पर्यटकीय स्थल, अलपत्रहरुको तीब्र उद्धार (फोटो फिचर)
कार्तिक महिनाको दोस्रो साता नै नेपालमा हिमपात भयो । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण देशभरको मौसममा आएको परिवर्तनसंगै सोमबार रातिदेखि वर्षा र हिमपात भएको हो ।
नेपालको प्रमुख पर्यटकीय याममा हिमाली क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको ठूलो भीड थियो । अकस्मातको हिमपातपछि अलपत्र उनीहरुको तीब्र उद्धार गरिएको छ ।
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर र क्षेत्र हिउँले ढाकिएको छ । हिमपात भएसँगै मुक्तिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीलाई कठिनाई भएको छ ।

भारी हिमपात भएपछि पदमार्गमा फसेका पर्यटकको सशस्त्र प्रहरीले उद्धार गर्यो । करिब एक हजार पर्यटक तिलिचो बेसक्याम्प तथा खाङ्सारमा सुरक्षित रहेका छन् भने बिरामी परेका पर्यटकको उद्दार भइरहेको छ ।

यसै गरी सशस्त्र प्रहरीले मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देस्थित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्दार तालिम शिक्षालयका सशस्त्र प्रहरीको टोली हिउँ फालेर बाटो सहज बनाएको छ ।


तस्बिर : सुन्दरकुमार थकाली/रासस





प्रतिक्रिया राख्नुहोस्