नेपालको प्रतिवेदन : एमालेमा गरिएको विद्रोह पुष्टि भयो, सिद्धान्त मिल्नेसंग एकता
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट गरिएको विद्रोह पष्टि भैसकेको बताउँदै अब सिद्धान्त मिल्नेसंग एकता गर्ने बताउनुभएको छ ।
बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले एमालेमा गरिएको विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम नभएको भन्दै सो धारणा राख्नुभएको हो ।
अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भन्नुभएको छ, ʻएमालेमा गरिएको विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन। हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।ʼ
त्यस्तै अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदनमा सिद्धान्त र विचार मिल्ने जो कोहीसँग एकता हुने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ, “हाम्रो पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न हाम्रो पार्टीको तर्फबाट पहलकदमी अघि बढाउने निर्णय गर्दछ ।”





प्रतिक्रिया राख्नुहोस्