राजनीति

कतारमा हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट’मा राष्ट्रपति पौडेल सहभागी हुने

राष्ट्रपति रामचन्द्र पौडेल कतारमा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।

सो कार्यक्रममा सहभागी हुन उहाँ यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिनुभएको छ ।

मन्त्री खरेलका अनुसार, राष्ट्रपति पौडेलसहितको टोलीले कात्तिक १७ गते २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नुहुनेछ ।

यसै गरी सरकारले संघीय संसद्‌का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन २०७३ को अनुसुचि २ मा हेरफेर गर्ने निर्णय भएको छ। यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.