जल/वातावरण

गोकर्णेश्वरमा एक हजार २ सय ५९ संक्रमितमा ३ सय ९९ सक्रिय

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा हालसम्म एक हजार २ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकामा हालसम्म ६ सय ६७ पुरुष र ५ सय ९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमितमध्ये ४ सय ४६ पुरुष र ३ सय ९७ महिला गरी ८ सय ४३ जना निको भएका छन् । नगरपालिकामा नौ पुरुष र आठ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।

नगरपालिकामा हाल २ सय १२ पुरुष र १ सय ८७ महिला गरी ३ सय ९९ सक्रिय सङ्क्रमित छन् । होम आइसोलेसनमा २०३ पुरुष र १७६ महिला गरी ३७९ जना आराम गरिरहेका छन् । अस्पतालको आइसोलेसनमा नौ पुरुष र ११ महिला गरी २० जना छन् ।

कोरोना भएका चार पुरुष र एक महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा एक हजार ५२८ पुरुष र एक हजार ४०४ महिला गरी दुई हजार ९३२ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.