नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा

भारतीय गुप्तचर एजेन्सी रअका प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेको विषयको सत्तारुढ दलकै नेताहरुबाट बिरोध भैरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षा तथा पूर्व उपप्रधानन तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताउनुभएको छ ।
शुक्रबार थापाले ट्विट गर्दै सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको आरोप लगाउँदै भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता नेपालको अस्तित्वको आधार रहेको बताउनुभएको ।
उहाँले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणास्वरुप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ । देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्