जल/वातावरण

शुक्रबार थपिए ३ हजार ५ सय १७ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका तीन हजार ५ सय १७ जना सङ्क्रमित थपिएका छन् । त्यसै गरी, पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ र योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १४ हजार ९ सय ९ नमुना परीक्षण गरिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

हाल ३८ ह्जार ३ सय ५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार ९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २८ हजार ९५८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.