जन सरोकार

दशैं सकियो, मेलम्ची आएन, अब नयाँ भाका २०७८ वैशाख

मेलम्ची

यसपालिको दशैंभित्र मलम्चीको पानी काठमाडौं आउने सरकारको दावी असफल भएपछि नयाँ भाका राखिएको छ । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सक्नका लागि फेरि नयाँ कार्यतालिका बनाएको छ ।

२०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटकपटक थपिँदै आएको छ । ०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ ।

ठेकदार र आयोजनाले बुझाएको कार्यतालिकाअनुसार काम भयो भने सन् २०२१ अप्रिल १५ अर्थात् आगामी २०७८ वैशाख २ गतेसम्म आयोजनाको निर्माणको सबै काम सकाउने योजना सरकारको छ ।

आयोजनाको मुहानमा बन्ने हेडवर्क्स निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ । यो आयोजना पनि कोरोनाकै कारण देखाएर अनिश्चयको भुमरीमा धकेलिएको छ ।

खानेपानी मन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेर मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने बताउनुभएको थियो । तर, यो आयोजनालाई पनि कोभिड १९ को कारण देखाएर पछि धकेलियो ।

गत असार २९ गते परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.