राजनीति

सर्वोच्चद्वारा कारण देखाउ आदेशसंगै दुबै पक्षलाई छलफलमा बोलायो

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको छानबिन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारी बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेशसंगै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध परेको रिटमा कारण आदेश जारी दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।

आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्ध अधिवक्ता विपिन ढकालले आइतबार रिट दायर गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म अध्यक्ष तथा सदस्यको रुपमा कुनै पनि कार्य नगर्नर नगराउन अन्तरिम आदेशको माग गर्नुभएको थियो ।

रिट निवेदकले अनुसन्धानको विषयसंग सम्बन्धित धारणा पहिले नै सार्वनजिक गरेको र पूर्वाग्राही देखाइसकेकाले उहाँहरूको अनुसन्धानबाट घटनाको सत्यतथ्य बाहिर नआउने दावी गर्नुभएको छ ।

आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वरप्रसाद भण्डारीको सदस्य रहने गठन गरेको हो।

जेनजी प्रदर्शनका क्रममा जनधनको ठूलो क्षति भएको थियो । हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने निजी तथा सरकारी भौतिक संरचनामा व्यापक क्षति भएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.