जापान

जापानद्वारा बाह्रवटा पुनर्चक्रित दमकल हस्तान्तरण

जापान सरकारले नेपालका ५ प्रदेशका लागि १२ वटा पुनर्चक्रित दमकल हस्तान्तरण गरेको छ । ती दमकलहरु कोशी, लुम्बिनी, मधेश, बागमती र गण्डकी प्रदेशका पालिकाहरुमा प्रयोग हुनेछन् ।

यही कात्तिक १२ गते बुधबार एक समारोहकाबीच काठमाडौंस्थित जापानी दूताबासमा आयोजित एक समारोहकाबीच राजदूत मायोदा तोरुले दुई गैरसरकारी संस्थालाई हस्तान्तरण गर्नुभएको हो ।

समारोहमा नेपालका लागि जापानका राजदूत तोरुले परियोजनामा ​​संलग्न सबैलाई बधाई दिंदै परियोजना सम्पन्न गर्न दूतावाससँग काम गर्ने सबैको प्रशंसा गर्नुभयो ।

उहाँले यी सवारी साधनहरूले आपतकालीन सेवा क्षमतालाई बलियो बनाउने र समुदायहरूलाई आवश्यक सहयोग प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दमकलहरु भोलन्टियर कोर्प्स नेपालका अध्यक्ष दीपक चापागाईं धना लामाको नेतृत्वमा रहेको युनाइटेड मिसन टु नेपाल (युएमएन)लाई हस्तान्तरण गरिएको हो । यी दमकलहरू चाँडै नै मधेश, बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका १२ वटा नगरपालिकाहरूमा पुर्याइने छन् ।

जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको लागि अनुदान सहायता मार्फत परियोजना कार्यान्वयनको लागि भोलन्टियर कोर्प्स नेपाललाई २८२,६१४ र युएमएनलाई २५९,०३५ अमेरिकी डलर अनुदान प्रदान गरेको थियो।

यो सहायताबाट नेपालका १२ नगरपालिका र वरपरका क्षेत्रका मानिसहरूलाई आगलागीका घटनाहरूबाट सुरक्षा प्रदान गर्ने जापानी दूताबासले विश्वास लिएको छ ।

त्यस्तै दूताबासले यो सहयोगले जापान र नेपालका जनता बीचको मित्रतालाई अझ गहिरो बनाउने विश्वास लिएको छ । ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स अन्तर्गत नेपालमा २०० भन्दा बढी परियोजनाहरु कार्यान्वयन भैसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.