क्रिकेटखेल

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल यूएईसँग पाँच विकेटले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएई र अमेरिकासँग जारी त्रिकोणत्मक एकदिवसीय शृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल यूएईसँग पाँच विकेटले पराजित भएको हो ।

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनायो ।

नेपालको लागि रोहित पौडेलले १३० बलमा ५ चौका र २ छक्काको मद्दतमा १ सय ९ रनको शतकीय पारी खेले भने आसिफ शेखले ३५ रन बनाए । त्यस्तै आरिफ शेखले २७ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए । यूएईको लागि जाहिद अलीले समान चार विकेट लिंदा जुनैद सिद्दिकीले तीन विकेट लिए भने मोहम्मद रोहिद र हैदर अलीको भागमा समान एक-एक विकेट रह्यो ।

नेपालको प्रस्तुत गरेको २ सय ३४ रनको लक्ष्य लिएर मैदान उत्रेको यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रनको अर्धशतकीय पारी खेले भनेअलिशान सराफुले ४५ रन जोड्दा मुहम्मद वासीमले २६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीको भागमा समान एक-एक विकेट रह्यो । नेपाल सिरिजको पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले पराजित भएको थियो भने यूएई पनि आफ्नो पहिलो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् । नेपाल आइसिसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ । नेपाल १८ खेलमा पाँचमा जित तथा दशमा हारका साथ १२ अङ्क जोडेको छ । दुई खेल वर्षाका कारण हुनसकेको थिएन ।

त्यस्तै हालसम्म १८ खेल खेलेको युएई भने चारमा जित र १४ हारसहित आठ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ । यस्तै अमेरिका हालसम्म खेलेका २२ खेलमध्ये १६ मा जित र छमा हारका साथ ३२ अङ्क जोडेदै शीर्ष स्थानमा स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.