जन सरोकार

असोज २८ गतेदेखि हराइरहेका टेकबहादुर र सीताको शव जंगलमा

गत असोज २८ गतेदेखि हराइरहेका एक किशोर र किशोरीको शव कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलामा रहेको जङ्गलमा भेटिएको छ । सो शव कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षका टेकबहादुर कोली र १६ वर्षकी सीता साउदको रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएको असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेका दुवै जनाको शव कार्तिक १५ गते बिहान जङ्गलमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दिएको जानकारी अनुसार घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । कोलीको शव सडिसकेको अवस्थामा भेटिएको छ ।

त्यसै गरी कञ्चनपुरको महाकाली नदीमा बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गएको मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा बेपत्ता भएका चौधरीको शव भेटिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.