राजनीति

१२ दिनपछि प्रधानमन्त्री ओली-प्रचण्ड भेट : सचिवालय बैठक बोलाउनुपर्ने धारणा

१२ दिनपछि प्रधानमन्त्री तथा सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्नुभएका पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र र बाहिर उत्पन्न घटनाक्रम तथा सरकारका गतिविधिमाथि छलफल गर्न सचिवालय बैठक बोलाउनुपर्ने माग राख्नुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका अध्यक्ष प्रचण्डले करिब दुई घन्टा लामो छलफलमा प्रधानमन्त्री ओलीसँग पछिल्लो दिनमा घटेका राजनीतिक घटनाक्रमबारे धारणा राख्दै पार्टीको सचिवालय बैठक बोलाएर छलफल गरिनुपर्ने धारणा राख्नुभएको बताइएको छ ।

छलफलका क्रममा अध्यक्ष प्रचण्डले कर्णाली सरकारमाथि गएको अविश्वास प्रस्ताव, रअ प्रमुखसँग सुटुक्क भेटघाट गरेको प्रसंग, पर्सा घटना र कोभिड १९ बारे धारणा राखे पनि प्रधानमन्त्री ओलीले यस विषयमा कुनै जवाफ नदिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.