जापान

नेवाः अन्तराष्ट्रिय फोरम जापानद्वारा म्हः पूजा सम्पन्न

जापानमा क्रियाशिल नेवाःहरूको संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानद्वारा टोकियोको कोतोकु कितासुनामा सामुहिक म्हः पूजा सम्पन्न गरेको छ ।

स्थापना वर्षदेखि निरन्तर गर्दै आएकोमा कोरोनाको कारण गएको दुई वर्ष भने कार्यक्रम स्थगित गरेको थियो । यो वर्ष कोरोना संक्रमण केही कम भएको र धेरैले भ्यक्सिन पनि लगाएको हुनाले सामुहिकरूपमा म्हः पूजा आयोजना गरेका हौं, संस्थाको महासचिव शिव तण्डुकारले बताउनुभयो ।

कार्यक्रमको सुरूवात यस संस्थाको संस्थापक सल्लाकार स्व सत्यमोहन जोशी ज्युलाई श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरिएको थियो साथै एक मिनेटको मौन धारण समेत गरिएको थियो । यस संस्था कसरी सुरू भयो र सत्य मोहन जोशीज्यूको कस्तो भुमिका रहेको थियो भन्ने विषयमा संस्थापक अध्यक्ष माधव नारायण मानन्धरले प्रकाशश पार्नुभएको थियो ।

त्यस लगतै नेपाल सम्वतको सुरूवातकर्ता समाजसेवी शंखधर साख्वाको प्रतिमामा पूर्व अध्यक्ष ज्ञानु खातो मानन्धर र वर्तमान अध्यक्ष बालकृष्ण डंगोलले सयुक्त्तरूपमा दीप प्रज्जोलन गरी नयाँ वर्ष ११४३ को शुभकामना प्रदान गरिएको थियो ।

दोस्रो चरणमा कार्यक्रमको मुल समारोह सुरू भएको थियो । बालबच्चासहित सत्तरी जानाभन्दा बढी सहभागी भएर एकैपटक म्हः पुजा गरिएको थियो ।

शरीरको शुद्धिकरण र सुस्वास्थको कामना गर्दै गरिने म्हः पुजा नेवाःहरूको महत्वपुर्ण परम्परा मध्ये एक हो । कार्यक्रमा जापानवासी नेवाः समुदायको व्यक्तिहरू मात्र नभएर अन्य समुदायको व्यक्तिहरू लगायत जापानिजहरूको पनि सहभागित रहको थियो । पूजा पश्चात खानपिनको व्यवस्था पनि रहेको र नाचा गान गरी हर्षोउल्लाहस सहित मनाएको थियो।

नेवाः अन्तराष्ट्रिय फोरम जापानले म्हः पूजा बाहेक बुद्ध जयन्ति, क्वाटी पुन्ही बार्षिकरूपमा आयोजन गर्दै आएको छ भने दुई पटक सम्म सामुहिक बेल विवाह “ईही” पनि गरिसकेको छ ।

यस बाहेक नेपालमा गरिब बालिकाहरूलाई छात्राबृत्ति प्रदान गर्ने, बिरामीलाई आर्थिक सहयोग गरेको छ भने नेपालमा भईपरी आउने प्रकृतिक प्रकोप लगयात कोरोनाको संकटकालको समयमा पनि आर्थिक लगायत जिन्सी सहयोग गरेको थियो ।

आफ्नो कला, संस्कृति र परम्परा जापानमा पनि मनाउने र आफ्नो सन्ततीलाई सिकाउने साथै अन्य समुदाय र जापानिजलाई समेत परिचय दिंदै जाने यस संस्थको मूल उदेश्य रहेको अध्यक्ष बालकृष्ण डंगोलले बताउनु भयो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.