जन सरोकार

बलात्कारको घटना बढ्नुमा शौचालयको अभाव एक कारण

नेपालमा बलात्कारका घटना बढ्नुमा शौचालयको अभाव पनि एक कारण मानिएको छ । हुन त नेपाललाई ‘खुल्ला दिसामुक्त’ घोषणा गरिए पनि अझै शहर, बजार, राजमार्गहरुमा शौचालय बनेका छैनन् । एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कोतिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् ।

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

पछिल्लो घटना अनुसार सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी गत शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । घर नजिकैको बाँसघारीमा शौच गर्न गएकी दुवै किशोरीलाई तिरहुत गाउँपालिका–३ का दुई युवकले नियन्त्रणमा लिएर घर भन्दा करिब ४०० मिटर टाढा लगेर घटना गरेको पीडितहरूले बताउनुभयो ।

दुई जनामध्ये १७ वर्षीया किशोरी बलात्कारबाट पीडित भएको र १९ वर्षीया किशोरीमाथि बलात्कार प्रयास भएको इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । प्रनाउ सिंहका अनुसार आरोपितमध्ये सुनिल पक्राउ परेका छन् भने ज्ञानु फरार छन् ।

पीडित १७ वर्षीया किशोरीकी आमा र पीडित १९ वर्षीया किशोरीकी माइजुुले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा लिखित उजूरी दिनुभएको छ । दशैंँको बिदा लगत्तै सप्तरी जिल्ला अदालत खुलेपछि आरोपितविरुद्ध म्याद थप गरिने प्रनाउ सिंहले बताउनुभयो ।

यस अघि पनि सप्तरीको बलान बिहुँल गाउँपालिकामा शौच गर्न गएकी १७ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कार घटनाको उजूरी दर्ता छ । भदौ २७ गते राति भएको बलात्कार घटनाको उजूरी इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा दर्ता भए पनि हालसम्म कोही पक्राउ परेका छैनन् ।

प्रदेश २ कै दोस्रो खुला दिशामुक्त सप्तरी जिल्ला विसं २०७४ साल चैत २१ गते खुला दिशामुक्त जिल्ला घोषणा भएको हो । सप्तरीको शहरी क्षेत्रमा सार्वजनिक शौचालय भेट्नै मुस्किल पर्छ भने ग्रामीण भेगमा कतिपय शौचालय व्यवस्थापनको समस्या थपिँदो छ ।

ग्रामीण भेगदेखि मुख्य शहरमै शौचालयको समस्या यथावत् रहँदा भनाइ र गराइबीच भिन्नता देखिएको छ । शौचालयको अभावमा गाउँघरमा महिला रातको अध्यारोको समयमा शौच जाने गरेको तथा यौन दुव्र्यवहार र बलात्कार घटनामा पर्ने गरेको मनोविमर्शकर्ता रञ्जना चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.