अर्थ

पेट्रोलको मूल्य यथावत रहँदा डिजेलको घट्यो, हवाई इन्धनको बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको शुक्रबारको निर्णयअनुसार डिजेल र मट्टितेलमा रु एक घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ ।

शुक्रबार राति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ ।

निगमले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा रु १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.