फुकुओकाबासी नेपाली समुदायका लागि स्वास्थ्य परीक्षण अभियान
जापानको फुकुओकामा बसोबास गर्ने नेपालीहरुका लागि नियमित रुपमा स्वास्थ्य परीक्षण गर्न अभियान संचालन गरिएको छ । हाम्रो नेपाल हामी नेपाली अभियान, जापानले नेपाली समुदायलाई नियमित स्वास्थ्य परीक्षण गर्न अभिप्रेरित गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण अभियान संचालन सुरु गरेको हो । संस्थाका अभियन्ता प्रदीप श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय हेल्प डेस्क निर्माण गरी स्वास्थ्य परीक्षण अभियान सुरुवात गरिएको हो ।
प्रवासमा विशेष गरी जापानमा आफ्नो पढाई, काम,, व्यवसायमा सधैं व्यस्त रहिरहेने र स्वास्थ्य अवस्थाका बारेमा चासो नदिंदा नेपालीहरु गम्भीर रोगको शिकार हुनुका साथै अनायासै मृत्यु समेत हुने गरेका कारण यसलाई रोक्ने उद्देश्यका साथ नियमित स्वास्थ्य परीक्षण अभियान चलाइएको हाम्रो नेपाल हामी नेपाली अभियान जापानका प्रमुख संयोजक धर्म राज अधिकारीले बताउनुभएको छ ।
फुकुओका सिटीमा जापानको राष्ट्रिय स्वास्थ्य बीमा (कोकुमिन केनको होकेन)मा आबद्ध भइ ३० वर्ष वा सो भन्दा बढी उमेर पुगेकाहरुलाई वर्षको एकपटक जम्मा ५०० येनमा स्वास्थ्य परीक्षण गर्न पाइने व्यवस्था छ ।
स्वास्थ्य परीक्षणमा सहभागी हुन इच्छुकहरुले अभियानले तयार परेको फाराममा आफ्नो विवरण भर्न अनुरोध गर्दै उक्त फारमको आधारमा आफु बसोबास गरेको नजिकैको क्लिनिकमा स्वास्थ्य परीक्षण ब्यबस्था गर्ने हाम्रो नेपाल हामी नेपाली अभियानका अभियन्ता एवं हेल्प डेस्कका संयोजक प्रदीप श्रेठ ले बताउनुभयो ।
स्वास्थ्य परीक्षण अभियान पहिलो चरणकोका लागि फारम भर्ने अन्तिम मिती २०२० नोभेम्बर १४ तारीख शनिबार सम्म रहेको छ । आवेदन संख्या र बस्ने ठाउँ अनुसार स्वास्थ्य परीक्षण केन्द्र र मितिको बारेमा २०२० नोभेम्बर १६ तारीख सोमबारबाट हेल्प डेस्कद्वारा सम्पर्क गरी स्वास्थ्य परीक्षणमा सहयोग गर्ने छ ।
स्वास्थ्य परीक्षणको लागि जापानको राष्ट्रिय स्वास्थ्य बीमा (कोकुमिन केनको होकेन)मा आबद्ध भइ उमेर ३० वर्ष वा सो भन्दा बढी हुनुपर्ने र स्वास्थ्य परीक्षणको दिन बीमा प्रमाणपत्र र योकादोक्कु ज्युसिनह्यो आवश्यक पर्ने छ भने ४० वर्ष भन्दा कम उमेर भएकालाई होकेनस्यो मात्र भए पुग्ने छ ।
पहिलो चरणमा जापानको फुकुओका शहरमा मात्र रहेको र आगामी दिनहरुमा जापानभरि अभियान चलाउने र स्वास्थ्य परीक्षणको लागि कुनै सहयोगको आवश्यकता परेमा अथवा थप जानकारी चाहिएमा हेल्प डेस्कमा सम्पर्क गर्न आयोजकले अनुरोध समेत गरेको छ ।