जापान

दुई दिनको बीचमा दुई नेपालीको निधन : कास्कीका गर्जुबाको छतबाट लडेर मृत्यु

सोमबार मात्र एक नेपालीको मेसिनमा च्यापिए निधनको खबर सुनेका नेपालीका लागि मंगलबार अर्का दुखद खबर सार्वजनिक भएको छ । जापानको नागोया शहरमा बस्दै आएका पोखरा घर भएका एक नेपालीको घरको छतबाट खसेर निधन भएको छ । सोमबार मात्र यामानासी राज्यको एक जापानी कम्पनीमा कार्यरत कास्कीकै २७ वर्षीय सन्तोष दाहालको मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।

करिव छ/सात तल्ले घरको छतमा पुगेका अन्दाजी ३५ वर्षका भरत गर्वुजाको छतबाट खसेर मृत्यु भएको बताईएको छ । छतबाट खसे लगत्तै अचेत भेटिएका उनलाई उपचारका लागि अस्पताल लगिए पनि अस्पतालमै निधन भएको हो ।

गैरआवासीय नेपाली संघ एनआरएन नागोयाका संयोजक श्याम शितलले प्रहरीले यस घटनामा अनुसन्धान गरेकाले घटनाक्रम र मृत्युको कारण अहिलेसम्म जानकारीमा नआएको बताउनुभएको छ ।

६ वर्ष अगाड़ी विद्यार्थी भिषामा जापान आएका उनी गएको जुलाई महिनामा आइचीस्थिति एक मोटर पार्टस् कम्पनीमा भिषा परिवर्तन गरी सेप्टेम्वर महिनाको मध्यतिर सो काम छोडेका थिए ।

हाल काम विहिन भई एकल रूपमा वस्दै आएको गर्वुजा केही रूपमा मानसिक तनावमा रहेको उनी निकट साथीहरूले बताउने गरेका थिए । उनको शव नागोयास्थित नाकाकु अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.