राजनीति

पूर्वसभामुख महरालाई पत्नीशोक : उपचारकै क्रममा पत्नी सीताको निधन

पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ । उपचारअघि पिसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएकी सीता महराको १५ दिनदेखि काठमाडौंको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

निमोनिया देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि कात्तिक १४ गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रमममा बुधबार विहान निधन भएको महराका छोरा एटमले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.