राजनीति

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा यस्तो छ भ्रमण तालिका

नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने औपचारिक कार्यक्रममा सहभागी हुन भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आइपुग्नुभएको छ । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुग्नुभएका उहाँलाई विमानस्थलमा नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरुले स्वागत गर्नुभएको थियो ।

विमानस्थलबाट उहाँलार्य विशेष सुरक्षा व्यवस्थाका साथ सोल्टी होटलमा लगिएको छ । नरवणेको गाडीको अगाडिपछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले र पछाडि नेपाल प्रहरीको एउटा टोलीले सुरक्षा दिएको छ ।

बुधबार नरवणे नेपाल आएको पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन । तर, नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनसक्ने भनिएको छ ।

पत्नीसहित आउनुभएका उहाँले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।

भ्रमणको महत्वपूर्ण कार्यक्रम भोलि (बिहीबार) राखिएको छ । उहाँले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले बिहीबार राखेको हो । शीतल निवासको कार्यक्रमअघि नै नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने र त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम छ ।

त्यसै गरी समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि नरवणेले बिहीबार नै औपचारिक सम्वाद गर्ने र छलफलपछि जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग पनि छलफल समेत गर्ने तय भएको छ ।

भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्ने र त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

स्मरणीय रहोस्, नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसक्नुभएको छ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.