राजनीति

कालो बेलुनबाट भारतीय सेनाध्यक्ष नरवाणेको बिरोध, माइतीघरमा प्रदर्शन

नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्न नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको बिरोधमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नरवाणे आउने समयमै एअरपोर्टको आकाशमा पुग्ने गरी तिलगंगाबाट ब्यानरसहित कालो बेलुन उडाएर बिरोध गरेको छ । बेलुनमा उडाइएको ब्यानरमा “नेपाल नरवाणेलाई घृणा गर्छ, भारत फिर्ता जाउ” लेखिएको छ ।

यसै गरी  माइतीघरमा नरवणेको बिरोधमा प्रदर्शन भएको छ । उच्च सुरक्षा शतर्कता अपनाइए पनि नरवणेको बिरोध गर्ने २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै २१ दलीय मोर्चाका नाममा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा उसको भूभाग भन्दै नक्सा सार्वजनिक गरेपछि नेपालले आपत्ति जनाउँदा नरवणेले चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.