जन सरोकार

वीर अस्पतालका १६ जना चिकित्सहरुले दिए सामूहिक राजीनामा

कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै मुलुककै जेठो अस्पताल वीर अस्पतालको आकस्मिक कक्षका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दशैंतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’

आफूहरुलाई धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको आराप चिकित्सकहरुले पत्रमा उल्लेख गरेका छन् । राजीनामा दिएका भए पनि अस्पतालको आकास्मिक कक्षको उपचार भने सञ्चालनमै रहेको छ ।

राजीनामा दिनेमध्येका एक डा. भविन्द्र कार्कीले कि हामीले भनेअनुसार काम गर कि राजीनामा देऊ भनेपछि राजीनामा दिएको बताउँदै राजीनामा स्वीकृत नहुँदासम्म चिकित्सकको धर्म निर्वाह गर्दै काम गरिरहने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.