जल/वातावरण
होम आइसोसेलनमा बसेकाहरुलाई जथाभावी औषधि नखान सुझाव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ देखिएकाहरुलाई जथाभावी औषधि सेवन नगर्न अनुरोध गरेको छ । पछिल्लो समय रोगप्रतिरोधक शक्ति बढाउने भन्दै विभिन्न औषधिहरुको विक्री बढिरहेका बेला मन्त्रालयले चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्न सुझाव दिएको हो ।
मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ ।
होम आइसोलेसन मा बसिरहेका व्यक्तिलाई चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान आग्रह गर्दै घरमा नै बसिरहेका सङ्क्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुरोध गर्नुभयो ।
त्यस्तै सरकारले नेपाल प्रहरी अस्पतालले तीन सय शय्याको कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।