जापान

एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमितिले 'जब सेमिनार' आयोजना गर्ने

कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण रोजगारी गुमाएका नेपालीहरुका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु क्षेत्रीय कार्यसमितिले स्युस्योकु अर्थात् ‘जब सेमिनार’ आयोजना गर्ने भएको छ ।

नाभेम्बर २१ तारिख विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मिनामी सिमिन सेन्टरमा आयोजना हुने सेमिनार काम नपाइ समस्यमा परेका नेपाली बिद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको एनआरएनए क्युस्यु का संयोजक देवराज उप्रेतीले बताउनुभएको छ ।

उक्त कार्यक्रममा जापानको विभिन्न क्षेत्रमा अवस्थित कम्पनीहरुको सहभागिता रहने बताएको छ । सहभागीलाइ सम्बन्धित कम्पनीकाबारे जानकारी दिनुकासाथै तुरुन्त आवेदनको पनि गर्न सकिने व्यवस्था गरिएको छ ।

कोरोनाका कारण जापानमा कामदार भिसा सम्बन्धी विभिन्न समस्याहरु देखिएको हुँदा एनआरएनए क्युस्युले जब सेमिनारका साथ तोकुतेइ गिनोउ भिसा सम्बन्धी सूचनामुलक जानकारी र पछिल्लो समय जापान सरकारको भिसा परिवर्तन सम्बन्धी कानुनी प्राबधानबारे परामर्श समेत गर्न लागेको छ ।

एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमितिको बैठकले कार्यसमिति सदस्य केसब कुमार लामिछानेको संयोजकत्वमा स्युस्योकु सेमिनार समिति गठन गरी तयारी गरिरहेको छ ।

कोरोना भाइरस संक्रमण बाट बच्न सामाजिक दुरी कायम देखि सेनिताइजर ,मास्कको प्रयोग, ज्वरो जाँच आदिबारे तयारी समेत गरिरहेको छ । अनलाइन फारमको ब्यबस्था गरी उक्त फारम सहभगी ले अनिवार्य भर्न समेत अनुरोध गरेको छ ।

कोभिड १९ को कारण यस फारम भर्नुभएका पहिलो ६० जना मात्र सहभागी हुन पाउने बताइएको छ । फारम भरेका पहिलो ६० जनालाई सम्पर्क गरेर मात्र सहभागी हुन पाउने ब्यबस्था गरिएको हसँ सहभागी हुन इच्छुकहरुले अनिवार्य यो फारम भर्न अनुरोध गरिएको छ ।

सेमिनार सम्बन्धी थप जानकारी चाहिएमा निम्नानुसारको नम्बरहरुमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

देबराज उप्रेती : 080-4287-1414
अर्जुन थापा : 090-8407-1403
केशब लामिछाने : 070-2396-2383
इमेल : nrnakyushu2019@gmail.com

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.