जन सरोकार

आफ्नै साथीको हत्या गरेका मानकाजी २३ वर्षपछि पक्राउ परे

सहकर्मी हत्याको आरोप लागि फरार एक व्यक्तिलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजीक २०५४ सालमा काभ्रेपलाञ्चोक, पनौतीका श्याम खड्कालाई हत्या गरेको आरोप लागेका ध्रुव भनिने मानकाजी श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ

रामेछाप घर भएका श्रेष्ठका नाममा काठमाडौँ जिल्ला अदालतले विसं २०७४ मा वारेण्टसमेत जारी गरेको थियो ।

उनलाई ब्युरोबाट खटिएको टोलीले आज ललितपुर महानगरपालिका–५ थसीखेलबाट पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे जानकारी दिनुभयो । उनलाई आवश्यक कारवाहीका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ ।

गेष्ट हाउसमा मृत फेला

कामपा–३२ कोटेश्वर महादेवस्थान नजीक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक व्यक्ति आज मृत फेला परेका छन् । उक्त होटलको कोठा नम्बर २०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापा मगर मृत फेला परेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.