राजनीति

विकास पूर्वाधारको गुणस्तरमा कुनै सम्झौता नगर्न सांसद भट्टराईको निर्देशन

कास्की क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले पूर्वाधार विकास नै समृद्धिको आधार भएकाले त्यसको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभएको छ । बिहीवार आफ्नो निर्वाचन क्षेत्रमा संचालित विभिन्न विकास आयोजनाहरुको निरीक्षण गर्दै उहाँले सो निर्देशन दिनुभएको हो ।

सांसद भट्टराईले आफ्नो निर्वाचान क्षेत्रमा संघीय, प्रदेश तथा स्थानीय सरकारबाट संचालित आयोजनाको अनुगमन गर्दै संचालित योजनाका कार्यप्रगति र अप्ठ्यारा अवस्थाहरुको जानकारी लिनुभएको होे ।

त्यस क्रममा उहाँले कोरोनाको महामारीले देश आक्रान्त भैरहेको अबस्थामा सुरक्षित रहँदै विकास निर्माण अघि बढाउन निर्माण कम्पनी, मजदुर तथा स्थानीय उपभोक्ता समितिहरुलाई आग्रह गर्नुभयो ।

विकास पूर्वाधारले मात्रै समृद्धिको यात्रा शुरु हुने बताउँदै सांसद भट्टराईले प्रतिकुल परिस्थिति भएकाले आफ्नो स्वास्थको पूर्ण ख्याल गर्दै स्वास्थ मापदण्ड पालना गरेर निर्माणको गुणस्तरमा कुनै कमी नगर्न आग्रह गर्नुभयो ।

सांसद भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघीय सरकारद्वारा संचालित आयोजनाहरू मातृशिशु अस्पताल हुँदै भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिक मार्ग देउराली सडकको अवलोकन गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.