राजनीति

नख्खु कारागारबाट बाहिरिएको विषयमा लामिछानेसंग सोधपुछ गर्दै आयोग

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

गृहमन्त्री लामिछाने

नख्खु कारागारमा रहनुभएका लामिछाने गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न आयोगले सोधपुछका लागि आयोगको कार्यालय सिंहदरबार बोलाएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइने नख्खु कारागार प्रशासन स्रोतले जनाएको छ ।

कारागार अगाडि भीड बढेपछि लामिछानेलाई बाहिर निकालिएको थियो । कारागारबाट बाहिरएपछि उहाँले सामाजिक सञ्जालमार्फत आफू कुनै पनि बेला प्रशासनले भनेकै समयमा पुनः कारागार फर्कने जानकारी दिनुभएको थियो ।

आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.