जन सरोकार
१० लाख घुससहित विद्युतका इञ्जिनीयर जैसवाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले रु १० लाख घुस रकमसहित विद्युत् प्राधिकरणका इञ्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई रङ्गेहात पक्राउ गरेको छ ।
हेटाँैडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इञ्जिनीयर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले बिहिबार पक्राउ गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।
हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिियिर जैसवालले रु १० लाख रकम मागेका थिए । उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो ।