राजनीति

ओलीलाई बाइसाप गर्ने प्रचण्ड कदम- आव्हान गरे सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच चुलिएको विवादले चर्को रुप लिंदै एक अध्यक्षलाई बाइपास गरेर सचिवालय बैठक आव्हान भएको छ ।

अध्यक्षद्वयबीचको छलफलमा प्रचण्डले सचिवालय बैठक बोलाउन माग गरेपछि त्यसमा प्रधानमन्त्री ओलीले असहमति जनाएलगत्तै प्रचण्डले पार्टी सचिवालयको अनौपचारिक बैठक आयोजना गर्नुभएको छ ।

सचिवालय बैठक आव्हान गरेलगत्रै अध्यक्ष एवम् प्रत्रानमन्त्री केपी शर्मा ओली र कार्यवाहक अध्यक्ष पुष्पकमल दाहालबीच पुनः संवाद हुने भएको छ । धुम्बाराही बैठक सकेर अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालले सम्वाद गर्ने तयारी छ । दाहालको आह्वानमा अहिले दिउँसो तीन बजे धुम्बाराहीमा सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बस्दैछ ।

उपनेता नेम्वाङले प्रधानमन्त्री ओलीलाई जानकारी गराएरै धुम्बाराहीमा अनौपचारिक सचिवालय बैठक बोलाइएको पनि प्रष्ट पार्नुभयो । आज सचिवालय बैठक बोलाउनेबारे बिहिबार प्रधानमन्त्री ओलीसँग दाहालको सल्लाह भएको उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.