राजनीति

नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतकाबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले गर्नुभएको शिष्टाचार भेटमा सो धारणा व्यक्त गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.