जापान

जापानमै गरियो दाहाल र गर्वुजाको अन्तिम संस्कार

सोमबार यामानासी राज्यमा कार्यस्थलमा दूर्घटनामा परि मृत्यु भएका कास्कीका सन्तोष दाहालको अन्तिम संस्कार सम्पन्न भएको छ।
कास्की पोखरा समाजका उपाध्यक्ष विश्व सुवेदीका अनुसार परिवारका सदस्य तथा विभिन्न संघसस्थाका पदाधिकारीहरुको सहभागितामा अन्त्येष्टि गरिएको हो।
धातु प्रशोधन कम्पनीमा कार्यरत दाहाल कार्यस्थल मै मेसिनमा च्यापिएको अवस्थामा फेला परेका थिए। लगत्तै अस्पतालमा लगिएपनि चिकित्सकले दाहालको मृत्यु भएको घोषणा गरेका थिए।
नागोयामा गर्वुजाको समेत अन्त्येष्टि सम्पन्न
यसैबीच मंगलबार नै मृत्यु भएका अर्का भरत गर्वुजाको समेत शुक्रबार अन्त्येष्टि सम्पन्न भएको छ।
म्याग्दी शिख जन्म भई पोखरामा बसोबास गर्दै आएका गर्वुजाको मंगलबार घरको छतबाट लडेर मृत्यु भएको थियो। विद्यार्थीका रुपमा जापान आएका गर्वुजा हालै कम्पनीमा काम सुरु गरेका थिए। तर कम्पनीमा काम गार्हो भएको भन्दै पछिल्ला दिनमा उनी काम विहिन अवस्थामा थिए।
अन्त्येष्टि कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनए जापान नागोयाका संयोजक श्याम सितल तथा पदाधिकारीहरु, म्याग्दी प्रवासी नेपाली संघ मोना जापानका अध्यक्ष दीपक कार्की लगायतका पदाधिकारीहरु तथा मगर समाज जापानका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
तस्बिर सौजन्य : बिष्णु सुबेदी/ दीपक कार्की


यो पनि हेर्नुहोस : मेसिनले च्यापिएर जापानमा एक नेपाली युवाको मृत्यु

दुई दिनको बीचमा दुई नेपालीको निधन : कास्कीका गर्जुबाको छतबाट लडेर मृत्यु

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.