विश्व समाचार

कोरोनाबाट विश्वमा बाह्र लाख ४२ हजारको मृत्यु, फ्रान्समा एकै दिनमा ६० हजार संक्रमित

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९२ लाख ५९ हजार ४४३ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५० लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३६ हजार ६४ जनको मृत्यु भएको छ । अमोरिकामा ९७ लाख ३३ हजार ३५९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार १५ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ३१ हजार १८१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २४ हजार ९५० जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ३२३ जनाको मृत्यु भएको छ भने ९ लाख ५५ हजार १३८ जना सङ्क्रमित भएका छन् ।बेलायतमा ४८ हजार ५६५ जनाको मृत्यु भएको छ भने ११ लाख ४९ हजार ७९१ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ८६ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

फ्रान्समा एकै दिनमा ६० हजार संक्रमित

फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६० हजार ४८४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले यो संख्या यहाँ कोभिड १९ को महामारी शुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा ठूलो सङ्क्रमित संख्या भएको बताएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले फ्रान्समा र अझ बढी पेरिसमा कोभिडको संक्रमण दिन प्रतिदिन झनै ठूलो संख्यामा बढ्दै गएको बताएका छन् ।

अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा बिहीबार ५८ हजारजना भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए भने शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ६० हजार जनाभन्दा बढी देखिएका हुन् ।

यो सँगै फ्रान्समा आजसम्ममा १६ लाख ६१ हजार ८५३ जना नागरिक सङ्क्रमित हुन पुगेका छन् । यहाँ गएको २४ घन्टामा ८२८ जनाको निधन भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि ३९ हजार नाघेको फ्रान्सको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिनुभएको छ ।

उहाँहरुका अनुसार फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबारसम्म ३९ हजार ८६५ जना पुगेको छ । यहाँ गत हप्ता मात्र २० हजारभन्दा बढी सङ्क्रमित अस्पताल भर्ना भएका छन् । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण निकै दु्रत गतिमा बढ्दै गएकोले थप सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

यहाँ कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि धेरै स्थानमा प्रतिबन्धहरु पनि लगाइएको छ । यसको यहाँका नागरिकले विरोध पनि गरिरहेका छन् । यसलाई यहाँका अधिकारीहरुले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका बताइएको छ । जसका कारण यहाँ स्वास्थ्य सतर्कतालाई अझ बढाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.