प्रबास

साहित्यकार तथा बेलायतका लागि नेपाली राजदूत डा सुवेदीलाई सम्मान गरिने

नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतमा आफ्नो चारवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी नेपाल फर्कने क्रममा रहनु भएका परिषद्का पदेन संरक्षक राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सवेदीको गहन साहित्यिक तथा संस्थागत योगदानको उच्चतम कदर सम्मान तथा पदक पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ ।

परिषदको यही ५ नोभम्बर २०२० विहिबारका दिन अध्यक्ष कोमल मल्लको अध्यक्षतामा सम्पन्न ११औँ कार्यसमितिको भर्चुअल पूर्ण वैठकले डा. सुवेदीलाई २५ तोला चाँदीको विशिष्ट सम्मान रजतवर्ष अभिनन्दन सहित पुरस्कार दिने निर्णय गरेको हो ।

वरिष्ठ सहित्यकारडा. सुवेदीले बेलायतमा आफ्नो चार वर्षको कार्यकालभित्र परिषद्को पदेन संरक्षककारूपमा विशिष्ट योगदान पुर्याउनुका साथै बेलायतमा रहेका सर्जकहरूका कविता, गीतगजल, मुक्तक, कथा, नाटक आदि विधाका भिन्नाभिन्नै सङ्ग्रह पुस्तकहरू प्रकाशन गरेर वृहद प्रोत्साहन र साहित्यको क्षेत्रमा अध्ययनीय इतिहास निर्माण गर्नु भएकोमा उच्चतम मुल्याङ्कन गर्दै उक्त पुरस्कार सम्मान प्रदान गरिएको व्यहोरा परिषद्ले विज्ञप्तिमा जनाएको छ ।

बैठकले विभिन्न प्रस्तावहरू पारित गर्दै कोरोना प्रकोपको विषम परिस्थिका कारण परिषद्को आसन्न निर्बाचन गर्नसक्ने अवस्था नदेखिएकोले विधान बमोजिम मौजुदा कार्यसमितिलाई आगामी दुई वर्षका लागि पछि साधारण सभाबाट पारित गर्ने गरी १२औँ कार्यसमितिमा रुपान्तण गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले वरिष्ठ कलाकार गायक सुमेर ज्ञवालीलाई परिषद्को सांस्कृतिक विभाग अन्तर्गत कार्यकारिणी सदस्यमा मनोनयन गरेको छ । सांस्कृतिक विभागमा वरिष्ठ सल्लाहकार मदन थापा, उपाध्यक्ष वसन्त रायक्षेत्री, कोषाध्यक्ष मनोज अञ्जान, कार्यकारिणी सदस्य डम्वरसिंह ‘प्रयास’ र सुमेर ज्ञवाली रहनु भएको छ । परिषदमा विभिन्न १५ वटा विभागहरू रहेका छन् ।

यसै गरी बैठकले परिषद्को २५औ वार्षिकोत्सवमा सहभागी कवि तथा कलाकार र विशिष्ट अतिथिहरूमा सहभागिता सम्मानपत्रले सम्मानित गर्ने निर्णय पनि गरेको छ ।

आगामी दुई वर्ष २०२० देखि २०२२ सम्मका लागि पुनर्गठित १२औँ कार्यसमितिको अध्यक्षमा कोमलप्रसाद श्रेष्ठ मल्ल, वरिष्ठ सहअध्यक्षमा ध्रुव केसी, सहअध्यक्षहरूमा डा गोपाल पौडेल, गोकुल भण्डारी र रेशम अर्याल, उपाध्यक्षहरूमा वसन्त रायक्षेत्री, डा सुधा श्रेष्ठ र वाचस्पति रेग्मी हुनुहन्छ भने महासचिवमा वीरेन्द्र कुँवर, कोषाध्यक्षमा मनोज अञ्जान, सहमहासचिवमा डा संगीता श्रेष्ठ हुनुहन्छ । यसैगरी कार्यकारिणी सदस्यहरूमा हरि केसी, डम्वरसिंह ‘प्रयास’ कल्पना आङ्गबुहाङ र सुमेर ज्ञवाली हुनुहुन्छ ।

परिषद्को ९ सदस्यीय सल्लाहकार समितिमा वरिष्ठ प्रमुख सल्लाहकार डा राघवप्रसाद धिताल, परिषद्का स्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाह, पूर्व अध्यक्षहरू हरिसिँह थापा र खगेन्द्र नेपाली, मदन थापा, घनबहादुर थापा, राजुविक्रम थापा, कृष्ण भट्ट, कमल भण्डारी र वालजंग अर्याल हुनुहन्छ ।

यसैगरी सञ्चार संयोजनमा पत्रकार नवीन पोखरेल हुनुहुन्छ । बेलायतका लागि नेपाली राजदूत पदेन संरक्षक रहने विधानत व्यवस्थानुसार हालका राजदूत डा. दुर्गाबहादुर सुवेदी परिषद्को संरक्षक हुनुहन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.