कांग्रेसको नक्कली फेसबुक बनाउनेलाई कारवाहीको माग
नेपाली कांग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइ पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप लगाउँदै एको आरोप लगाउँदै कारवाहीको माग गरिएको छ ।

आसन्न अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवार रहनुभएका चन्दको नाममा केही समयदेखि उक्त आइडीबाट चरित्र हत्या गर्ने किसिमका व्यहोरा पोष्ट भइरहेको छ ।
केही महिनायता अनाधिकृत रुपमा फेसबुक आइडी बनाएर कांग्रेस नेताको चरित्र हत्या गर्न खोजिएकोे भन्दै सभापति नरेन्द्र सिंह थापाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमा आएका अनर्गल र झुटा प्रचारको पछि नलाग्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
अनधिकृत रुपमा सो कार्यमा संलग्न व्यक्तिको खोजी गरी कारवाहीका लागि सम्बन्धित निकायसँग नेपाली कांग्रेसले प्रक्रिया अघि बढाइसकेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । आगामी महाधिवेशनका लागि उपसभापति चन्दको नेतृत्वमा र पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा छुटृाछुटृै समूह घोषणा गरेर प्रचारप्रसार गर्न थालिएको छ ।
सभापतिका उम्मेदवार रहनुभएका चन्दलाई कमजोर देखाउन विपक्षी खेमाले उहाँ विरुद्ध अनाधिकृत रुपमा फेसबुक आइडी र पेज प्रयोग गरेको हुनसक्ने आशङ्का गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्