बिचार

संस्कार परिबर्तन गर्ने बेला भएन र कमरेड ?

दिपेन्द्र अधिकारी

यदि त्यहाँ प्रकाश छ भने, त्यहाँ अन्धकार पनि छ । जानी जानी अन्धकार मानव जातिले रोज्ने कुरा त भएन तर पनि बारबार झुक्किएर अन्धकारमा धेरै समय रहनु नेपालीको नियति बनेको छ । नेपालको राजनीति दशकौ सम्म किचलोमै गुज्रिरहेको छ ।
अब त खिचडी पनि पाकिसक्नु पर्ने हैन र ?
शान्त र समृद्दी दुनिया आफै बनेर त आउदैन हामीले बनाउने हो, बाटो कुन रोज्ने भन्ने मात्र हो । हामी दुई ठुला देश भारत र चीनको वीचमा छौ । दुई फरक आर्थिक नीति लिएका दुबै देशको आर्थिक बिकासको दर तिब्र गतिमा छ । भारतमा आर्थिक उन्नतीसंगै चरम गरीबिको रेखा मूनि रहेकाहरू अझैपनि गरीबिको रेखामूनीनै छन् तर चीनमा भने आर्थिक उन्नती संगै चरम गरिबीको रेखामुनि रहेकाहरूको पनि आर्थिक सुधार भएको छ । भारतमा गरिबी हट्ने सम्भाबना नदेखिएपनि चीन भने गरिबीको अन्त्य हुने वाटोमा छ ।
हाम्रो देशले कुन बाटो रोज्ने । सामाजिक अर्थतन्त्र या पुँजीवादी अर्थतन्त्र । यस वीचैमा जापान पनि राखेर कुरा गर्न मन लाग्यो । जापान पुँजीवादी अर्थतन्त्र भएको देश हो तर समाजबादी अर्थतन्त्रका राम्रा पक्षहरू अंगालेको छ र निरन्तर सफल छ भने चिनको समाजबादी अर्थतन्त्र हो तर आजकल पुँजीवादी अर्थतन्त्रका राम्रा पक्षहरू अँगालेको कारण संसारकै पहिलो शक्ति बन्ने बाटोमा छ ।
यो वाद उवाद यो अर्थतन्त्र उ अर्थतन्त्र पुरानो मन्त्र सोच सिद्धान्तलाई त्यागेर माटो, हावापानी, भूस्थीती, सुहाउदो नयाँ बाटो लिन जरूरी छ । यहि कुरा आउछ मदन भन्डारीको जनताको बहुदलिय जनबाद र प्रचण्डको २१ औ शताब्दीको नया जनवाद ।
बदलिदो परीस्थीती बिकसित हुदै गईरहेको मानव समाज माटो सुहाउदो माक्सबाद नै वास्तवमा उत्कृष्ट विचार सिद्धान्त हो जस्तो लाग्छ । तर परिस्थिति अनुसार परिवर्तन नगरी यथास्थितीको बाटो जाने हो भने सिद्धान्त सार्थक हुदैन । नेताहरू वीचमा प्रतिष्ठाको विषय बनेर फुटी राख्नु पर्ने दुर्दशा दोहोरिन्छ । यो दशा जनताको बहुदलिय जनबाद र २१ औं शताब्दीको नया जनवाद वीचमा नहोस ।
नेकपा मिलन
सामुहिक नेत्तृत्वले स्वीकारेको लिडरसिप र सिंगल सुप्रिम पावर लिडरसिपको खिचातानी मिलन जबरजस्ति मिलाएको जस्तो छ । कस्तो मिलन बन्न पुग्यो भने , न संगै एउटै सिद्धान्त, कार्यनीति बनायौ भन्ने पनि छैन, विचार सिद्धान्त कार्यनीति फरक छ भन्ने पनि रहेन । सबै बामपन्थीहरुले केहि व्यवहारीक सुधार गर्न जरूरी छ ।
आजकाल लामो समय देखि देखिएको किचलोले एक आपासमा बिश्वास त भएननै झन एक आपसमै ठुलो डर पैदा भएकाले बसेर संबाद गर्न पनि अप्ठेरो स्थिती देखिन्छ । सम्पूर्ण कार्यकर्ता शुभचिन्तक एकताका पक्षमा भएपनि नेत्तृत्व लेवलमा दुविधा छ र यूवा नेत्तृत्वले पनि आट गर्न नसकिरहेको स्थिति छ । देशको लागि भने यहि सरकारले निरन्तरता पाउदै सहि आर्थिक नीति लिएर भारतको अनावश्यक हस्तक्षेप भएन भने , सोच्नै नसकिने तिब्र गतिमा नेपालको विकास हुने सम्भाबना छ ।
भारतसंग हाम्रो धेरै कुरा मिल्छ ।
छिमेकीले दुखमा साथ पक्कैपनि बढी दिन्छन तर बिकासको आधारमा भारतभन्दा अगाडी जाने क्रममा भने अंकुस त अबश्य लगाउछ । लगाउदै आएको छ । खुला सिमाना खुला संस्कृति चेलिबेटी सम्मको सम्वन्ध भएको छिमेकी हो पक्कै पनि तिता मिठा अनुभब छन् । तर यता हामीबीच राजनीतिक दाउपेचको आधारमा भारतलाई विस्तारवाद पनि भनेर गाली गर्ने ।
अप्ठेरो स्थितीमा गुहार माग्न जाने त हाम्रो संस्कार बनेको छ यसलाई पनि परिमार्जन गर्न जरूरी छ । अत्यन्त मित्रता पूर्ण समान अस्तित्वको सम्बन्ध राख्ने तर विकास निर्माण, अन्य देशहरूसंग छुट्टै सम्बन्ध राख्न सकिने भारतको कुनैपनि हस्तक्षेप नहुने रणनीतिक सम्वन्ध राख्न अत्यन्त जरूरी छ ।
दुई देशबीच संवेदनशील समस्या आउदा उल्टै हामीले नेपालको सरकारलाई साथ नदिने अनावश्यक शंकाको आधारमा पहिलेनै अनावश्यक विरोध गरिरहदा बारबार हामीमाथि हेपाहा तरिकाले हेरेको त हैन भन्न मन लाग्छ । यदि नेपाली राजनीतिक पार्टीहरूले विदेश नीति एउटै लिएनौ भने सधैभरि हामीलाई खेलाउने अवसर पाउछन् । यस्तो एतिहासीक कायापलट गर्न सक्ने अबसर पाउने नेत्तृत्वमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली र सम्माननिय अध्यक्ष प्रचण्ड हुनुहुन्छ । ऐतिहासिक अवसर नगुमाउनु होस । यहा सम्म आईसकेपछी एक आपसका समस्याहरूलाई छुट्टै बैज्ञानिक बाटो खोजेर समाधान गर्नुहोस । यहासम्म उक्लिएको परिवर्तनको टावर फेरी गर्ल्याम्मै नपल्टाउनुहोस ।
कोरोना घर घरमा पस्यो, खान नपाएकाहरूलाई टुडीखेलमा जम्मा गराएर खुवाउनु पर्ने भैसकेछ । तर टुडीखेलको यस्तो विजोग देख्दा अतिनै दुख लागेर आउछ । हरेक वडाले जिम्मा लिएर सधैलाई खान पाउने व्यवस्था बनाउनु पर्छ । यस्तो माहामारीमा हानथाप गरी टुडीखेलमा जम्मा हुनुपर्ने दुर्भाग्य छ ।
साथै अस्पतालमा विमारी भरिए, कोरोनाले मर्न पक्कै परेकै छ र कोरोनाका बाहाएक अरू विरामी हरू उपचार पाए सन्चो हुने भएपनि उपचारको प्राथामिकतामा नपरेर मर्न परेको छ । नेपालमा मात्र हैन संसारभरै समस्या छ । जनता,सरकार,संघ,सस्था संगै कोरोना प्रतिकार गरेका छन् तर हामीले भने राजनीतिक झगडाको रंगमंच चलाएर बसेका छौं । हरेक बिहान कोरोना नीति आउनु पर्नेमा रातभरी राजनीतिक षडयन्त्रको खाका कोरेर बसेका छौ । बिचरा जनता, कार्यकर्ता, शुभचिन्तकलाई पार्टीको गतिबिधि देख्दा लाजै मर्नुहुन्छ । साना साना नेपाली भाई बैनीहरूमा पनि कस्तो मनोविज्ञान पैदा भएको होला ?
सरकारले राम्रो गरे जोगाउने नराम्रो गरे फालिदिने अधिकार जनतामा छदैछ । पुजीवादी देश अमेरिकामा प्रजातन्त्रको राम्रो अभ्यास छ जनताले चाहकोलाई चार चार बर्समा आफै रोज्छन् । भलै अमेरिकाको राजनीतिक संस्कारमा कमजोरी भएपनि बलियो कानुन, स्वतन्त्र राज्य संयन्त्र भएको अमेरिकामा स्वतन्त्र रूपमा आफना कुराहरू राख्न पाईने डेमोक्रेटीक मुलुक हो । कमसेकम जनताले दिएको कार्यकाल स्वविवेकले सरकारलाई काम गर्न दिने संस्कार बसाल्न सकिएपनि बिकासमा स्थायित्व भने हुने थियो ।
अन्त्यमा,
नेपालमा आन्दोलनबाट आएको परिवर्तन जोगाउन जरूरी छ । ईमान्दार कमान्डर, कार्यकर्ता बढी जिम्मेवार भएर अघि बढ्नु पर्छ । भलै पटक पटक सहिद हुन परेपनि । जे भएपनि व्यक्ति हैन आन्दोलन, देश जोगाउनु पर्छ, बिकासलाई निरन्तरता दिनु पर्छ । देश बलियो बनाउन पार्टी सरकार बलियो हुन जरूरी छ ।
अनि मात्र विदेशीले पनि नेपाल र नेपालीलाई सम्मान इज्जत गर्ने गर्दछन, के अझै पनि हामी सबैले बोलि अनुसार ब्यबहार र ब्यबहार अनुसार संस्कार परिबर्तन गर्ने बेला भएन र कमरेड ?  ।
लेखक हाल जापान बस्नुहुन्छ

यो पनि पढ्नुहोस :  विकृति छाडौं, राम्रा कुरा अँगालौं

गलतको विरोध र सत्यको समर्थन गर्न संकोच मान्नुपर्दैन

 

सम्बन्धित खबर

Back to top button