एकराज गिरीको नेतृत्वमा बागलुङ सेवा समाजको नयाँ कार्यसमिति
बागलुङ जिल्लाबाट विश्वका विभिन्न देशमा विभिन्न पेशा व्यवसाय गर्दै बसेका प्रवासी बागलुङेहरुको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको प्रथम अधिवेशनबाट एकराज गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
उपाध्यक्षहरुमा बेलुकाजी थापा (जापान) रमेश भट्ट (क़तार), कृष्ण शर्मा (युके) दिपक गौतम (क्यानडा), सुमन बिष्ट (अष्ट्रेलिया) निर्वाचित भएका छन ।
यस्तै महासचिबमा देब पौडेल (बेल्जियम) सचिबहरुमा अशोक शर्मा (डेनमार्क), प्रेम सागर पौडेल (कोरिया) दीपेन्द्र आचार्य (पोर्तुगल)चयन भए । कोषाध्यक्षमा सिद्धार्थ श्रेष्ठ (जापान) र सह-कोषाध्यक्षमा महेशकुमार खाती (डेनमार्क) निर्विरोध निर्वाचित भएका छन। त्यस्तै महादेशिय संयोजकहरुमा क्रमस अमेरिका नवराज पन्त (अमेरिका), युरोप महेन्द्र खड्का (डेनमार्क), एसिया बिष्णु चापागाई (मलेशिया) चयन भएका छन् ।
सदस्यहरुमा चन्द्रकान्त शर्मा, सन्तोष शर्मा, सज्जन हमाल, बमबहादुर जि.सी, ज्ञानु शर्मा, कर्ण बुढाथोकी, गमबहादुर बि.क र बिदुर गौतम चयन भए ।
नेपालमा सबै भन्दा बढी रेमिट्यान्स भित्रिने जिल्लाका नाममा चिनिएको बागलुङ जिल्लाबाट विभिन्न पेसा व्यवसायमा संलग्न रहेका स्थानिय देशका संगठनका अध्यक्ष तथा संयोजकहरु सदस्य रहने छन् । निर्वाचित नयाँ कार्यसमितिको घोषणा निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष होमनाथ शर्माले गरेका थिए ।
संस्थामा रहेर काम गर्न चाहाने साथीहरु सबैलाई समेटेर अघि बढिने र बागलुङको हितमा काम गर्ने नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिबद्धता जनाएका छन् ।